करेन्ट लागेर धनुषामा दाजु–भाइको मृत्यु, आमा–छोरा घाइते


२० आश्विन २०७९, बिहीबार
current

धनुषा । करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजु–भाइको ज्यान गएको छ भने आमा–छोरा घाइते भएका छन् ।
आफ्नै घरमा पानी तान्ने मोर्टरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका–२३ का ६० वर्षीय दिनेश चौधरी र उनका ५४ वर्षीय भाइ रामेश्वरको ज्यान गएको हो ।

करेन्ट लागेर गम्भीर घाइते दुवै जनाको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक रायले जानकारी दिए । करेन्ट लागेर दिनेशकी श्रीमती निर्मलादेवी र छोरा मुकेश घाइते भएका छन् । आमा–छोराको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७