थाइल्याण्डमा गोली चल्दा कम्तीमा ३१ जनाको मृत्यु


२० आश्विन २०७९, बिहीबार
Thailand Gun Shoot

काठमाडौं । थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा रहेको बालबालिकाको दिवा हेरचाह केन्द्रमा बिहीबार भएको गोलीकाण्डमा कम्तीमा ३१ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पीडितहरूमा बालबालिका र वयस्क दुवै रहेको प्रहरीले एक विज्ञप्तिमा भनेको छ । बन्दुकधारी एक पूर्व पुलिस अधिकारी रहेको र उनको खोजी भइरहेको जनाइएको छ । प्रधानमन्त्रीले सबै निकायलाई कारबाही गर्न र दोषीलाई पक्राउ गर्न सचेत गराएको सरकारी प्रवक्ताले बताए ।

थाइल्याण्डमा सामूहिक गोलीबारीका घटना यदाकदा हुने गरेका छन् । सन् २०२० मा एक क्रुद्ध सिपाहीले गोली चलाउँदा कम्तिमा २९ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७