काठमाडौंका नदीमा बहाव बढयो, उच्च सतर्कता अपनाउन आग्रह


२० आश्विन २०७९, बिहीबार
badhi ktm

काठमाडौं । काठमाडौं उपत्यका भएर बहने नदीहरूमा बहाव उल्लेख्य बढेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल वाग्मती, विष्णुमती, बल्खु, मनोहरा र यसका सहायक नदीहरूको जलसतह उल्लेख्य बढेको छ ।

खोकना मापन केन्द्रमा देखा परेको बाढीको बहावले उच्च सतर्कता अपनाउन भनिएको छ । यी नदीहरूमा पानीको बहाव सतर्कता तह आसपास पुगेको महाशाखाले जनाएको छ । उक्त नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले तटीय क्षेत्रका जनतालाई आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७