संघीय राजधानीसँग जोडियो कर्णाली प्रदेश


२६ चैत्र २०७४, सोमबार
Nepal airline birendra nagar

काठमाडौं, २६ चैत । कर्णाली प्रदेश संघीय राजधानी काठमाडौंसँग जोडिएको छ । आइतबारबाट राष्ट्रिय ध्वजवाहक नेपाल एयरलायन्सले औपचारिक रुपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट वीरेन्द्रनर उडान सुरु गरेपछि कर्णाली प्रदेशको राजधानीसँग जोडिएको हो ।Nepal airline birendra nagarचालक दललार्इ स्वागत गर्दे ।

आइतबार नेपाल एयरलायन्सको नाइनएन–एकेएस कल साइनको १९ सिटे जहाजले उडान भर्यो । पाइलट नरेन्द्र भट्टराई, सिनियर को–पाइलट सृजना रावत र राकेशकुमार काफ्लेले काठमाडौंदेखि सुर्खेत र सुर्खेतदेखि काठमाडौं औपचारिक उडान भरे ।

एयरलाइन्सले हरेक हप्ताको आइतबार उडान गर्ने जनाएको छ । आइतबार बिहान सवा ७ बजे काठमाडौं–सुर्खेत र बिहान नौ बजे सुर्खेत–काठमाडौं उडान गरिने बताए । गत शुक्रबार मात्रै विमानस्थलमा परीक्षण उडान गरेको एयरलायन्सले गरेको थियो ।

हाललाई सुर्खेत–काठमाडौं ७ हजार ४ सय भाडा दर कायम गरिएको छ भने काठमाडौं–सुर्खेतका लागि ७ हजार ५ सय रुपियाँ तोकिएको छ।
यस्तै निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले पनि वैशाख एक गतेदेखि काठमाडौं–सुर्खेत औपचारिक उडान सुरु गर्ने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७