दिल्लीमा ११ वर्षीया बालिकामाथि विद्यालयमै सामुहिक बलात्कार


२१ आश्विन २०७९, शुक्रबार
Rape
सांकेतिक तस्वीर

नयाँदिल्ली । भारतको दिल्लीको एक विद्यालयको शौचालयमा ११ वर्षीया बालिकामाथि सामुहिक बलात्कार गरेको आरोपमा दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले दिल्ली प्रहरी र विद्यालयलाई नोटिस जारी गरेकी छन् ।

एक ट्वीटमा स्वाती मालिवालले यो घटना दिल्लीको एक केन्द्रीय विद्यालयमा भएको बताएकी छिन् । स्वाती मालिवालका अनुसार पीडित बालिकाले विद्यालयका शिक्षकलाई घटनाबारे जानकारी गराएपछि उनलाई चुप लाग्न भनिएको थियो ।

बालिकालाई विद्यालयका दुई सिनियर विद्यार्थीले नै बलात्कार गरेको आरोप छ । यस विषयमा केन्द्रीय विद्यालय संगठनको क्षेत्रीय कार्यालयले पनि छानबिन गर्ने जनाएको छ । दिल्ली प्रहरीले यस घटनाको सम्बन्धमा एफआईआर दर्ता गरेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७