बडादशैंमा आज तेस्रो दिन : टीका लगाउने क्रम जारी


२१ आश्विन २०७९, शुक्रबार
Dashaian Tika 4

काठमाडौं । बडादशैंको टीकाको तेस्रो दिन आज (शुक्रबार) पनि टीका लगाउने क्रम जारी रहेको छ । पहिलो दिन बुधबार विजयादशमीका दिन घर परिवारमा टीका लगाएकाहरुले दोस्रो दिन हिजोदेखि आफन्त तथा मान्यजनको हातबाट टीका जमरा लगाइ आशीर्वाद लिने क्रम जारी रहेको हो ।

आज तेस्रो दिन पनि सोही क्रमले निरन्तरता पाएको हो । यो क्रम पूर्णिमासम्म जारी रहन्छ । यसपालिको दशैंमा वर्षाका कारण निकै नै कठिनपूर्वक टीका लगाउने काम भइरहेको छ । वर्षाका कारण सडकहरु अवरुद्ध रहेका छन् भने नदीहरुमा पानीको सतह पनि बढेको छ ।

र पनि टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैंको टीका थाप्ने र आशीर्वाद लिने चलन अनुसार टीकाको क्रम चलिरहेको छ । देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैंको टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यद्यपि यो क्रम पूर्वमा पूर्णिमासम्म नै रहने भए पनि पश्चिममा भने एक दिन मात्र टीका लगाउने चलन छ । पछिल्लो समय भने समयानुसार चलिरहेको पनि पाइन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७