गठबन्धनको बैठकमा जसपाका नेताहरू अनुपस्थित


२१ आश्विन २०७९, शुक्रबार
Gathbandhan Top five leader of nepal

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग निरन्तर संवादमा रहेका जनता समाजवादी पार्टी (जसपा) का नेताहरू सत्ता गठबन्धनको बैंठकमा अनुपस्थित भएका छन् । सिट बाँडफाँटका लागि बालुवाटारमा जारी गठबन्धनको बैठकमा जसपाकातर्फबाट कुनै नेता उपस्थित छैनन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि आफू घरमै रहेको जानकारी दिएका छन् । जसपाले एमालेसँग सहकार्यको प्रक्रिया अगाडि बढाएको छ । गठबन्धनबाट कम सिट पाइने भएपछि जसपाले एमालेसँग चुनावी तालमेलको प्रक्रिया अघि बढाएको छ ।

जसपाले एमालेसँग २५ सिटको प्रस्ताव गरेको छ भने एमाले पनि २२ सिट दिन तयार देखिएको छ । तीन सिटमा मात्र कुरा नमिलेको स्रोतले जनाएको छ । अझै पनि एमालेका नेताहरु जसपालाई गठबन्धनमा फर्किन नदिने रणनीतिका साथ लागि परिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७