बडादशैंको आज चौंथो दिन : टीका लगाउने क्रम जारी


२२ आश्विन २०७९, शनिबार
Dashain tika

काठमाडौं । आज (शनिबार) आश्विन शुक्ल पक्षको चतुर्दशी । बडादशैँको टीका लगाउने क्रम आज पनि जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ ।

घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन् । यो क्रम भोलि पूर्णिमासम्म रहन्छ । आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ ।

दशैँको लागि काठमाडौं छोड्नेहरू फर्कन थालेपछि काठमाडौं उपत्यकाका सडकहरुमा चहलपहल शुरु भएको छ । दशैँको मुख्य दिनहरुमा यहाँका सडकहरू सुनसान भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७