खोलाले बगाएर पाल्पा र अछाममा दुई जना बेपत्ता


२२ आश्विन २०७९, शनिबार
badhi
फाइल फोटो

पाल्पा । खोलाले बगाएर पाल्पा र अछाममा दुई जना बेपत्ता भएका छन् । पाल्पाको निस्दी गाउँपालिका–१, अर्मलाङका ३९ वर्षीय टकबहादुर बराई मगर खोलाले बगाएर बेपत्ता भएका छन् । निस्दी गाउँपालिका–२, सुकेकोटमा ससुराली गएर फर्किने क्रममा स्थानीय साखर्दी खोलाले बगाएर बराई मगर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

ससुरालीबाट फर्कने क्रममा रामपुर नगरपालिका–१ र निस्दी गाउँपालिका–१ को सीमाना साखर्दी खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका हुन् । शुक्रबार फर्किने क्रक्रममा रामपुर नगरपालिका कठैडाँडाबाट साखर्दी खाएर भएर बाकामलाङको डोकोडाँडा जाने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ ।

उनीसँगै गएका चन्द्रबहादुर आले र नेश्नल रानाले भने खोला तरेका थिए । खोजीका लागि प्रहरी र स्थानयले प्रयास गरे पनि शनिबार बिहानसम्म बेपत्ताको अवस्था थाहा नभएको स्थानीय दानस मल्ल ठकुरीले जानकारी दिए ।

खोजी प्रयास जारी रहेको र स्थानीयलाई समेत खबर गरेर खोजी गर्न आग्रह गरेको प्रहरीले जनाएको छ । कालीगण्डकी करिडोरअन्तर्गत रामपुर नगरपालिका–१, काशीवनमा खसेको पहिरोका कारण समस्या भएका केलादी प्रहरी चौकीले जनाएको छ ।

यस्तै खोलामा बगेर अछामकी एक महिला बेपत्ता भएकी छिन् । प्रहरीका अनुसार जिल्लाको मंगलसेन नगरपालिका–९ मा पर्ने तापिरवा खोलाले बगाउँदा सोही नगरपालिकाका–११ गिटिखौला टोलकी ४४ वर्षीया सरस्वती रावल बेपत्ता भएकी हुन् ।
उनलाई बयलपाटाबाट घर फर्कने क्रममा शुक्रबार दिउँसो २ बजे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । अहिले प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७