गेसोको सभापतिमा पुनः कृष्णकुमार राई महासचिव नरहाङ राई


२३ आश्विन २०७९, आईतवार
geso

काठमाडौं । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) को सभापतिमा पुनः कृष्णकुमार राई र महासचिवमा नरहाङ राई निर्वाचित भएका छन् । शनिबार अल्डरसटस्थित एम्पायर हलमा भएको चौंथो अधिवेशनले राईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले १० जना उपसभापतिहरु निर्वाचित गरेको छ । निर्वाचित उपसभापतिहरुमा जीतबहादुर राई, मणी किरात बान्तावा, धर्मबहादुर तामाङ, क्षेत्रकला राई, तीर्खबहादुर पुन, डम्बरबहादुर लिम्बु, प्रेमजंग शाही, हेमबहादुर तामाङ, विमला राई र मिना राई रहेका छन् ।

geso 2

यस्तै, महासचिवमा नरहाङ राई निर्वाचित भएका छन् भने उपमहासचिवहरुमा वुद्धिराज राई र मानबहादुर गुरुङ, सचिवमा राजकाजी गुरुङ, वसन्ती बुढा र वसुन्धरा याख्या राई निर्वाचित भएका छन् । कोषाध्यक्षमा देवीमाया पुन र सहकोषाध्यक्षमा शहरमान तामाङ, उत्तरकुमार सुन्दास र देवीकुमार राई निर्वाचित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७