कर्णालीको बाढीले आठ सय बढी घर परिवार विस्थापित


२४ आश्विन २०७९, सोमबार
karnali nadi katan1627263743

बर्दिया । लगातारको वर्षाले कर्णाली नदीमा आएको बाढीले आठ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको आठ सय घर डुबानमा पारेको र उनीहरूलाई नजिकैका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको राजापुर नगरपालिकाका प्रमुख दिपेश चौधरीले बताए ।

नदी र खोलामा पानीको सतह बढ्ने क्रम नरोकिएकाले तटीय क्षेत्रका बासिन्दालाई नदीमा माछा मार्ने र काठ ओसार्ने काममा नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७