गेसो सभापतिले गोर्खालीको पीडा सुनाएपछि प्रवासी नेपालीहरु ‘स्तब्ध’


३१ आश्विन २०७४, मंगलवार
krishana kumar rai

काठमाडौं : काठमाडौंमा जारी गैर आवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलनमा गोरखाहरुको मुद्दाले स्थान पाएको छ । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति कृष्णकुमार राईले गोरखा सैनिकहरुको आन्दोलन, अभियान, अजेन्डा र पीडा सम्मेलनको बन्द शत्रमा राखेका हुन् ।

मंगलबारको बिषयगत छलफलको ‘सेसन’मा गेसो सभापति राईले गोरखाहरुको तर्फबाट आफ्नो प्रस्तुती राखेका हुन् । उनले आफ्नो प्रस्तुती राख्दै गोरखा सैनिकहरुको इतिहास, गोरखा आन्दोलन, आन्दोलनका उपलब्धी, हालका गोरखाहरुको अजेन्डा र मागका बारेमा जानकारी दिएका थिए । छलफलको ‘सेसन’मा गोर्खालीहरुको मुद्दा राख्न दुई मिनेट समय उपलब्ध गराइएको थियो । तर, गेसो सभापतिले गोर्खालीहरुको समस्या र पीडा राख्दै गएपछि सन्नटा जस्तो छायो । सभापति राईले करिब १५ मिनेटसम्म प्रस्तुती राखीरहदा पनि उद्घोषकले उनलाई रोक्न भन्ने आँट गरेनन्, किनभने उनको प्रस्तुती सुनेर उनीहरु स्तब्ध जस्तै बनेका थिए । सभापति राईको प्रस्तुती पछि सहभागीहरुले सबैले गोरखा आन्दोलनमा साथ दिने प्रतिबद्धता समेत जनाए ।

krishana kumar rai

सभापति राईले हाल बेलायत सरकार, नेपाल सरकार र गोरखाहरुबिच त्रिपक्षीय वार्ता जारी रहेको जानकारी दिदैं वार्तामा गोरखाहरुले राखेका माग पुरा गराउनका लागि एनआरएनएले संसारभरीबाट दबाब दिन अनुरोध समेत गरे । उनले संसारभरीका नेपालीहरुलाई गोरखाहरुको न्यायपूर्ण आन्दोलनमा साथ, सहयोग र समर्थन जनाउन अपिल समेत गरे । भने,‘हाम्रो पीडा तपाईहरुको पनि पीडा हो, तपाईहरुको दुःख हाम्रो पनि दुःख हो भन्ने हाम्रो बुझाई छ । हाम्रो अभियान र आन्दोलनमा तपाईहरुको साथ, सहयोगको अपेक्षा गरेका छौं ।’

गोरखाहरुको मुद्दा सबै नेपालीहरुको मुद्दा भएको उल्लेख गर्दे गेसो सभापति राईले गोरखाहरुको मुद्दा, पीडा र समस्याले सबै नेपालीहरुलाई छुनुपर्ने बताए । उनले गोरखाहरुको पीडा र समस्याप्रति सबै गम्भिर नभएको गुनासो समेत गरे । उनले विश्वभरका नेपालीहरुलाई सोधे,‘हामी गोरखाहरुले सात समुन्द्र पारी भोगिरहेका, खेपिरहेका समस्याले संसारभरीका नेपालीहरुलाई छुनुपर्छ भन्ने हाम्रो मान्यता हो । अरुको समस्या र पिडाले छुदा गोर्खाहरुको पीडाले किन छँुदैंन रु’ सभापति राईले आफ्नो प्रस्तुती राख्दा सबैले चासोका साथ सुनेका थिए ।

‘उपलब्धी नजिक छौं, सबैले दबाब दिनुहोस्’
सभापति राईले गोरखा, बेलायत सरकार र नेपाल सरकारबिच त्रिपक्षीय वार्ता जारी रहेको बताउदै सबैले दबाब दिन अनुरोध गरे । उनले भने, ‘गोरखाहरुको माग सम्बोधनको निम्ती बेलायत सरकार केही सकरात्मक देखिएको छ । हामी आशाबादी छौं । छिटो समधानको निम्ती सबैले संसारभरीबाट दबाब दिन हाम्रो अनुरोध छ ।’ उनले हाल सबै गोरखाहरु एक भएर अभियान र आन्दोलन गरिरहेको बताउदै खुसी समेत व्यक्त गरे । भने, ‘हामी सबै एक भएर लागिरहेका छौं, अब तपाईहरुको सहयोग हाम्रो लागि अपेक्षित छ ।’

उनले यो मुद्दा सबैले उठाउनु पर्ने मुद्दा भएको दाबी बताए । ‘नेपाल राष्ट्र र बेलायतबीचको औपनिवेशिक सम्बन्धको समस्या हो र समग्रमा बेलायतको रंगभेदसँग सम्बन्धित मुद्दा पनि हो,’ उनले भने, ‘त्यसैले यो ब्रिटिस जनता तथा बुद्धिजीवीहरुले पनि चासोपूर्वक उठाउनुपर्ने मुद्दा हो । त्यति मात्रै होइन, यो मुद्दा विश्वभरिका न्यायका पक्षधर मानवअधिकारकर्मी र स्वयम् नेपाल सरकारले उठाउनैपर्ने मुद्दा हो ।’

सभापति राईले यी विभेद, शोषण र अपमान ब्रिटिस सेनामा काम गर्ने ‘गोरखाली’हरुको मात्र समस्या नभएर नेपाल राष्ट्रकै राष्ट्रियता र जनजीविकासँग सम्बन्धित समस्या पनि भएको बताए । आफूलाई मानवअधिकार र लोकतन्त्रको जननी मान्ने देशको सरकारले दुई सय वर्षदेखि गोरखा सैनिकहरुलाई लज्जास्पद र घृणित ढंगले अपमान, दुव्र्यवहार र चरम शोषण गर्दै अमानवीकरण बताए । उनले भने, ‘रोजगारीको नाममा मानवव्यापारजस्तो जघन्य अपराध गरेको छ । यी मानवताविरोधी अपराध आम नेपालीका लागि मात्रै होइन स्वयं ब्रिटिस जनता, बौद्धिक जगत, मानवअधिकारवादी समुदाय र बुद्धिजीवी तप्काका लागि पनि लज्जाको विषय हो ।’

krishan kumar rai

जसले बेलायतलाई सर्वशक्तिमान बनायो, उसैलाई अन्याय किन ?
सभापति राईले गोरखाहरुले सन् १८१६ देखि आजसम्म प्रत्येक सैन्य मोर्चामा ब्रिटिस साम्राज्यको पक्षबाट लडेर बेलायतको रक्षा र बिस्तार गरे पनि बेलायतले गोरखाहरुमाथि अन्याय गरेको बताए । ‘गोरखाहरुले सन् १८१६ देखि आजसम्म प्रत्येक सैन्य मोर्चामा ब्रिटिस साम्राज्यको पक्षबाट लड्यौं । हाम्रा हजारौं पुर्खाहरु मारिए, घाइते र बेपत्ता भए, त्यही कारण संसारभरि बेलायतले साम्राज्य विस्तार ग¥यो । कहिल्यै सूर्य नअस्ताउने देशको रुपमा स्थापित भयो । विश्वमा एउटा सर्वशक्तिमान राष्ट्र बन्न सफल भयो,’ उनले भने,‘तर हामी यसरी लडिदिनेलाई बेलायतले चरम विभेद गरिररहेको छ ।’

गोरखाहरुले पहिलो र दोस्रो विश्वयुद्ध तथा त्यसपछिका अनेकौं युद्धको अग्रमोर्चामा रहेर ब्रिटिस साम्राज्य विस्तार र रक्षाको लागि लडेको उल्लेख गर्दे उनले भने,‘विश्व रंगमञ्चमा ब्रिटिस सर्वशक्तिमान राष्ट्र बनेपछि तिनै गोरखा सैनिकहरुलाई विभेद मात्रै होइन चरम अन्याय र शोषण गरियो । न्यूनत्तम् मानवीय व्यवहारसमेत गरिएन ।’

भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७