५ लाख घुस लिंदालिंदै उपसचिव र इन्जिनियर पक्राउ


२६ चैत्र २०७४, सोमबार
lila copy

काठमाडौं, २६ चैत । स्थानीय तहका कर्मचारीहरु घुस सहित पक्राउ पर्ने क्रम बढेको छ । बुढानीलकन्ठ नगरपालिकाका प्रशासकीय अधिकृत लिला अधिकारी र इन्जीनीयर विजेन्द्र श्रेष्ठ सोमबार साँझ ५ लाख रुपैयाँ घुस सहित पक्राउ परेका छन् ।

lila copy
बुढानीलकन्ठ नगरपालिका र प्रशासकीय अधिकृत लिला अधिकारी ।

महाराजगंजको प्रहरी एकेडेमी अगाडिको रेष्टुरेन्टबाट केहीबेरअघि उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
पोखरी निर्माणसम्बन्धी ठेक्कामा अधिकारी र श्रेष्ठले घुस माग गरेपछि पीडित ठेकदारले आयोगलाई निवदेन दिएका थिए । पीडितको निवदेन अनुसार आयोगले अधिकारी र श्रेष्ठलाई उनीहरुको गाडीभित्र घुस रकम लिदै गरेको अवस्थामा प्रक्राउ गरेको हो । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

बुढानीलकन्ठ नगरपालिका गठन भएको ३ बर्षको बीचमा ४ पटक घुससहित कर्मचारी पक्राउ परिसकेका छन् । प्रशासकीय अधिकृत लीला अधिकारीका कारण बुढानीलकन्ठ नगरपालिकाकै बेइज्जत भएको छ ।

महिला भएर राति-राति घुस लिएर प्रशासकीय अधिकृत लीलाले नगरपालिकाकै शाख गिराउने काम गरेकी छिन् । यस्ता घुस्याहा प्रशासकीय अधिकृतलाई पहिले नै संघीय मामिला मन्त्रालयमा फिर्ता गर्न नसक्नु नगरप्रमुख उद्धव खरेलको कमजोरी देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७