रेशमको उम्मेदवारी खारेजीपछि उन्मुक्ति पार्टीले उनका बुबालाई सघाउँदै


२६ आश्विन २०७९, बुधबार
Resham lalbir chaudhari

काठमाडौं । रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टीले रेशमका बुबा लालवीर चौधरीलाई समर्थन गर्ने भएको छ ।

टीकापुर घटनामा दोषी ठहर भएर सजाय भोगिरहेकाले रेशमलाल चौधरीले वारेसमार्फत बर्दिया–२ मा दर्ता गराइएको उम्मेदवारी असोज २५ गते खारेज भएको थियो । रेशमले आफ्नै श्रीमती रन्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक पार्टीबाट उम्मेदवारी दिएका थिए ।

आफ्नो पार्टीले रेशमका बुबा लालवीरलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले जानकारी दिएकी छन् । लालवीरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । २०७४ को निर्वाचनमा लालवीर नेकपा (एमाले) कैलाली–१ मा प्रदेश सभा सदस्य उम्मेदवार थिए । त्यस्तै लक्ष्मण थारूको उम्मेदवारी खारेज भएपछि कैलाली–५ मा नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवार जगदीश चौधरीलाई समर्थन गर्ने भएको छ । टीकापुर घटनामा दोषी ठहर भएका थारू फरार सूचीमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७