लिभरपुलको फराकिलो जितमा सलाहको कीर्तिमानी ह्याट्रिक


२७ आश्विन २०७९, बिहीबार
salaha liverpool1665627570

काठमाडौं । मोहम्मद सलाहले बेन्चबाट आएर ६ मिनेट १२ सेकेन्डको अन्तरमा ह्याट्रिक गरेपछि लिभरपुलले बुधबार राति च्याम्पियन्स लिगमा रेन्जर्समाथि ७–१ को फराकिलो विजय हासिल गरेको छ ।

सलाह ६८ औं मिनेटमा डार्विन नुनेजको स्थानमा मैदान छिरेका थिए । ७५ औं मिनेटमा पहिलो गोल गरेका सलाहले ८१ औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । सलाहले दोस्रो गोल ८० औं मिनेटमा गरेका थिए । सलाहले मैदान छिरेको १३ मिनेटमा तीन गोल गरेपछि उत्साहित घरेलु दर्शक शान्त बनेका थिए ।

यससँगै सलाह च्याम्पियन्स लिगमा सबैभन्दा छोटो अन्तरमा ह्याट्रिक गर्ने खेलाडी बनेका छन् । घरेलु टिम रेन्जर्सले १७ औं मिनेटमा स्कट एर्फिल्डको गोलबाट अग्रता लिएको थियो । २४ औं मिनेटमा लिभरपुलका रोबर्टो फिर्मिनोले बराबरी गोल फर्काए । ५५ औं मिनेटमा फिर्मिनोले गरेको गोलबाट लिभरपुलले अग्रता लियो । ६६ मिनेटमा नुनेजले लिभरपुलको अग्रता बढाए । सलाहले ह्याट्रिक गरेपछि हार्भे इलियटले ८७ औं मिनेटमा अर्को गोल थपेका थिए ।

जितसँगै लिभरपुलले ४ खेलबाट ९ अंक जोडेको छ । यससँगै लिभरपुलले अन्तिम–१६ मा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । यस समूहमा नेपोली १२ अंकका साथ शीर्ष स्थानमा छ । पराजित रेन्जर्स अंकविहीन छ । नेपोलीले गए राति आयाक्सलाई ४–२ ले हराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७