उम्मेदवारी खारेज भएका गुरुङको सुनवाई आज


२८ आश्विन २०७९, शुक्रबार
raju gurung

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीसम्बन्धी रिटको आज (शुक्रबार) सुनुवाई हुँदैछ ।

रूपन्देही–२ का आफ्नो उम्मेदवारी खारेजी भए पछि सर्वोच्च अदालत गएका गुरुङको रिटमा आज सुनवाई हुने भएको हो । आफनो उम्मेदवारी खारेज भएपछि गुरुङले सर्वोच्चमा रिट दायर गरेका थिए ।

बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको उल्लेख गर्दै गुरुङको उम्मेदवारी खारेज गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको थियो । आयोगको उक्त निर्णय विरुद्ध गुरुङले रिट निवेदन दायर गरेका हुन् । लगत्तै रिट निवेदनमा गुरुङले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका छन्। सोही मुद्धामा सर्वोच्चले आज सुनवाई गर्न लागेको हो ।

सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) र निर्देशिका २०७९ को दफा १६ (ज) लाई आधार बनाएर उम्मेदवारी खारेज गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७