सयपत्री हाइड्रोको आईपीओ आइतबारबाट कारोबारमा आउने


२०७९ असोज २८ शुक्रबार ०६:५४ बजे

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर आइतबार धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ । कम्पनीको आईपीओ विहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गरेको छ । तर, आज शुक्रबार शेयर कारोबार नहुने र भोलि शनिबार परेकोले आइतबारबाट शेयर कारोबारमा आउने भएको हो ।

नेप्सेमा यो कम्पनीको कुल ३० लाख कित्ता शेयर सूचीकृत भएको छ । जसमा संस्थापक समूहको २१ लाख कित्ता, सर्वसाधारणको ६ लाख कित्ता र स्थानीयको ३ लाख कित्ता छन् । नेप्सेले यो कम्पनीलाइई एसपीएचएल कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ६४.९६ रुपैयाँ र अधिकतममा १९४.८८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।

यदि आइतबार स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउने छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७