मधेश प्रदेशमा सत्ता गठबन्धनका मन्त्रीहरुले राजीनामा नदिने


२०७९ असोज २८ शुक्रबार ०७:४० बजे

जनकपुर । मधेश प्रदेश सरकारमा रहेका सत्ता गठबन्धन दल आवद्ध मन्त्रीहरुले पदबाट राजीनामा नदिने भएका छन् । बिहीबार साँझ मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीहरुलाई फोन गरेर राजीनामा दिन आग्रह गरे पनि मन्त्रीहरुले राजीनामा नदिने मनस्थिति बनाएका हुन् ।

मुख्यमन्त्री राउतले नेपाली कांग्रेसबाट आवद्ध दलका मन्त्रीहरुलाई मात्रै फोन गरेर राजीनामा दिन भनेकाले आफूहरु राजीनामा नदिने निर्णयमा पुगेको कांग्रेसका एक मन्त्रीले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका मन्त्रीहरुलाई मात्रै फोन गर्न भनेकाले राजीनामा नगर्न निर्देशन दिएपछि मधेस प्रदेशका कांग्रेसी मन्त्रीहरु राजीनामा नदिने भएका हुन् ।

यता माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी पार्टीबाट आवद्ध मन्त्रीहरुलाई राजीनामा गर्नका लागि मुख्यमन्त्री राउतले फोन नगरेको सो दलका मन्त्रीहरुले जानकारी दिएका छन् । यद्यपि मुख्यमन्त्री राउत सत्ता गठबन्धन दलबाट आवद्ध मन्त्रीहरुले आज राजीनामा नदिए हटाउने तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७