चुनाव तयारीका लागि नारायणकाजीसहित प्रचण्ड गोरखामा


२०७९ असोज २८ शुक्रबार ०७:३८ बजे

गोरखा । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन तयारीका गोरखा आएका छन् । आज (शुक्रबार) बिहान गोरखा आएका उनले जिल्लामा भएका केन्द्रीय सदस्यहरुसँग छलफल गरेका छन् ।

माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव हितराज पाण्डेलगायत पनि बैठक र कार्यक्रमहरुमा सहभागी भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार बनेपछि अध्यक्ष प्रचण्डले चुनावी रणनीति र छलफलका लागि गोरखा आउने क्रम बाक्लो बनाएका छन् ।

भातृ तथा शुभेच्छुक संघ संस्थासँगको भेटघाट, सत्ता गठबन्धनमा रहेका दलका नेता–कार्यकतालाई प्रशिक्षण, लगायत कार्यक्रममा सहभागी हुन उनी गोरखा आएका माओवादी केन्द्रले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७