फेन्सिङमा आर्मीलाई स्वर्ण


२८ आश्विन २०७९, शुक्रबार
fensing

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार भएको फेन्सिङको पुरुष टिम इपिमा आर्मीले स्वर्ण जितेको छ । आर्मीले एपिएफलाई ४५–२८ अंकले पछि पार्दै आर्मीले स्वर्ण जितेको हो । आर्मीका लागि यो फेन्सिङमा पाचौं स्वर्ण पदक हो ।

पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा एपिएफले रजत पदक जित्दा गण्डकी प्रदेश र बागमती प्रदेशले कास्य पदकमा चित्त बुझाए । फेन्सिङतर्फ ६ खेल व्यक्तिगत र ६ खेल टिम इभेन्टका भएका थिए ।

फेन्सिङको अंक तालिका अनुसार आर्मी च्याम्पियन बनेको छ । आर्मीले ५ स्वर्ण, ५ रजत र ७ कास्यसहित १७ पदक प्राप्त गरेको छ ।

बागमतिले ४ स्वर्ण, ३ रजत १ कास्यसहित ८ पदक प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ । सशस्त्र प्रहरी २ स्वर्ण, ४ रजत र ७ कास्यसहित १३ पदका साथ तेस्रो स्थानमा छ । सुदूरपश्चिम प्रदेश १ स्वर्ण २ कास्यसहित ३ पदक जितेको छ । त्यसैगरी गण्डकी प्रदेशले ४ कास्य पदक जित्दै पाँचौ स्थानमा छ भने प्रदेश १ ले ३ तीन कास्य पदक प्राप्त गरेका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७