मंसिरसम्म लम्बिँयो यी बस्तुको आयात प्रतिबन्ध


२०७९ असोज २८ शुक्रबार ०६:५८ बजे

काठमाडौं । सरकारले विदेशी ब्राण्डका महँगा रक्सी (मदिरा) सहित चार प्रकारका वस्तु आयातको प्रतिबन्ध थप लम्ब्याउने भएको छ ।

आज (शुक्रबार) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक निर्णय गर्दै विदेशी मदिरा, महँगा गाडी (कार, जीप, भ्यान), १५० सिसी इन्जिन क्षमतामाथिका मोटरसाइकल र महँगा मोबाइल आयातको प्रतिबन्ध आगामी मंसिर २९ गतेसम्म जारी राख्ने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार २ सय डलरभन्दा बढी मूल्यका सेल फोन (मोबाइल सेटको आयातमा समेत कडाइ जारी राख्ने भएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार अर्थ मन्त्रालयले अझैपनि विदेशी मुद्राको सञ्चितिमा सुधार आउन नसकेको र दबाब कायमै रहिरहेको भन्ने सुझावका आधारमा विभागले अत्यावश्यक बाहेक अतिरिक्त वस्तुको आयात प्रतिबन्ध कायमै राख्ने निर्णय गरेको हो ।

यसअघि गत वैशाख १३ गते एक निर्णय गर्दै सरकारले अत्यावश्यक बाहेकका १० प्रकारका वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएको थियो । पछि केही वस्तुको आयात प्रतिबन्ध खोले पनि महँगा विदेशी मदिरा, मोबाइल, मोटरसाइकल लगायत कार, जीप, भ्यानको आयातको प्रतिबन्ध भने असोज २८ गतेसम्मका लागि जारी राखेको थियो । उक्त प्रतिबन्ध अब आगामी मङ्सिर २९ गतेसम्म जारी रहने भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७