युवा मिडफिल्डर आशीष राई भारतीय क्लबमा अनुबन्ध


२८ आश्विन २०७९, शुक्रबार
Aashish Rai

काठमाडौँ । नेपाली यु–२० टोलीका युवा मिडफिल्डर आशीष राईले केरला प्रिमियर लिगको क्लब डनबस्को एफएसँग सम्झौता गरेका छन् ।

यु–२० टिमका नियमित सदस्य तथा राष्ट्रिय टिममा समेत स्थान बनाइसकेका आशीषले च्यासल युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए । गत महिना बहराइनमा भएको एएफसी यु–२० एसियन कप छनोटको टिममा उनी नियमित सदस्य थिए । अक्टोबरमा भएको यु–२० साफ च्याम्पियनसिपमा पनि उनी नेपाली टिमका महत्वपूर्ण सदस्य थिए ।

गत वर्ष नेपाली यु–२३ टिमका डिफेन्डर अभिषेक लिम्बूले पनि सोही क्लबबाट खेलेका थिए । यस्तै महिला खेलाडी दीपा न्यापानेले पनि सोही टिमको महिला क्लबबाट खेलेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७