आर्मीको जितमा नवयुग, भरत र जर्जप्रिन्सको गोल


२८ आश्विन २०७९, शुक्रबार
Nawayoug

काठमाडौँ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा शुक्रबार त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४–१ ले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

पोखराको गोस्टेघाट खेल मैदानमा आर्मीको जितमा जर्ज प्रिन्स कार्की, भरत खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले एक एक गोल गरे । लुम्बिनीका चेतन थारुले एक गोल फर्काए । बिहीबारबाट शुरु फुटबलमा एनआरएनए र बागमतीले विजयी शुरुवात गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७