कांग्रेसको घोषणापत्र संशोधनसहित पारित

घोषणापत्रमा आर्थिक सुशासन, युवा रोजगारी र उद्यमशिलतालाई जोड


२८ आश्विन २०७९, शुक्रबार
congress ghosanapatra

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि तयार पारेको घोषणापत्र केन्द्रीय कार्यसम्पादन समितिबाट पारित गरेको छ ।

आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको हो । पार्टी कार्यालय सानेपामा बसेको बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको घोषणापत्र लेखन समितिका प्रवक्तासमेत रहेका सह–महामन्त्री जीवन परियारले जानकारी दिए ।

आजको बैठकमा घोषणापत्र लेखन समितिका संयोजकसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको मस्यौदा पेस गरेका थिए । शर्माको संयोजकत्वमा ४१ सदस्यीय समिति बनेको थियो । निरन्तरतामा नविनता दिने गरी घोषणापत्र तयार पारिएको प्रवक्ता परियारले बताए ।

अर्थविज्ञ स्वर्णीम वाग्लेको संयोजकत्वमा डा. गोविन्दराज पोखरेल,गेजा शर्मा वाग्ले, डा. कृष्ण पौडेल, प्रताप पौडेल लगायत ६ सदस्सीय प्रारम्भिक मस्यौदा उपसमिति गठन गरिएको थियो । डा. स्वर्णिम वाग्लेले घोषणापत्र तीन खण्डमा विभाजित रहेको भन्दै स्थानीय चुनावको घोषणापत्रको निरन्तरताका रुपमा आउने बताए । उनले घोषणापत्रको सार आर्थिक सुशासन, युवा रोजगारी र उद्यमशिलता रहेको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७