सत्यमोहन जोशीको स्वास्थ्य अवस्था ‘चिन्ताजनक’ छ : किष्ट अस्पताल


२८ आश्विन २०७९, शुक्रबार
Satyamohan Joshi 1

काठमाडौं । शताब्दी पुरुष सत्य मोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको उनको उपचार चलिरहेको अस्पतालले जनाएको छ । किष्ट अस्पतालले आज जारी गरेको प्रेस विज्ञप्तिमा उनलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेकाले औषधि चलाए पनि काम नगरेकाले उनको अवस्था सुधार नभएको उल्लेख छ ।

आजदेखि एल्बुमिन रिप्लेसमेन्ट गर्न उनलाई औषधि चलाइएको अस्पतालले जनाएको छ । निमोनिया र मुटु रोगसँगै पछिल्लो समय डेंगी संक्रमण देखिएपछि जोशी २२ दिनदेखि उपचारत छन् ।

kist

अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले विज्ञप्ति जारी गर्दै जोशीलाई पुरानो रोगले ग्रसित पारेका कारण औषधिले काम नगरेको जनाएका छन् । उनले जोशीको पछिल्लो अवस्थाबारे जानकारी दिँदै भनेका छन्, ‘समग्रमा जोशी ज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएकोले अवस्था चिन्ताजनक रहेको छ ।’ जोशीको उपचारका प्रा. डा. मिलेशजंग सिजापतिको संयुक्त नेतृत्वमा उपचार भइरहेको पनि अस्पतालले जनाएको छ ।

१०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि अहिले सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७