एमाले अध्यक्ष ओलीले खोले इन्स्टाग्राम अकाउन्ट, ‘फलो’ गर्न प्रयोगकर्ताहरुलाई अनुरोध


२८ आश्विन २०७९, शुक्रबार
kp oli

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले इन्स्टाग्राम अकाउन्ट खोलेका छन् । आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट गर्दै ओलीले इन्स्टाग्राममा प्रोफाइल बनाएको जानकारी गराएका छन् ।

उनले लेखेका छन्, ‘तपाईंहरुसँग अझ नजिक जोडिन मैले इन्स्टाग्राममा पनि प्रोफाइल बनाएको छु । इन्स्टाग्राम चलाउने साथीहरुलाई फलो गर्न अनुरोध गर्दछु ।’ ओलीले हाल पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको शुभकामना दिँदै इस्टाग्राममा पहिलो पोस्ट गरेका छन् ।

ओलीको फेसबुक पोस्टमा इन्स्टाग्राम चलाउने प्रयोगकर्ताहरुलाई फलोका लागि अनुरोध गरिएको छ । हालसम्म उनको अकाउन्टमा करिब १,२३० जनाले फलो गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७