२०७९ असोज २९ गते शनिबारको तपाईको राशिफल

कार्तिक कृष्ण षष्ठी पञ्चाङ्गः वरियान गर मृगशिरा, अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस / विश्व हातधुने दिवस


२९ आश्विन २०७९, शनिबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आत्मबलमा वृद्धि र सन्तुष्टि प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । राज्यबाट सहयोग मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्ने छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य सम्पादनमा सहजता मिल्ने छ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । कुटुम्बको सहयोग मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ, काम गर्दा सजग भएर गर्नुहोला । मन खिन्न हुने स्थिति आउने छ । अनावश्यक झमेलामा परिएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज प्रतिष्ठित काम गर्ने मौका छ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज मानसिक चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । आम्दानी भन्दा खर्च ज्यादा हुन सक्ने हुन्छ । टाढाको यात्रा पनि नगर्नु नै राम्रो हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्ने छ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विद्या तथा प्रतिष्पर्धामा सफल भइनेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । प्रेमीको सहयोग पाइनेछ । आत्मिक सन्तुष्टि मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । स्वादिष्ट भोजन पाइनेछ । शुभकार्यको चर्चा चल्ने छ । परिवारमा सुख सन्तोष छाउने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज जोश, जाँगर र हिम्मत बढ्ने छ । मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । पारिवारिक सद्भाव बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । अचल सम्पत्ति हात पर्ने योग छ । शुभ समाचार सुन्न पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
परोपकारी कार्यमा संलग्न भइनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७