नवौं राट्रिय खेलकुद : कुस्मामा आजबाट कराँते शुरु हुँदै

पर्वत । नवौं राट्रिय खेलकुद अन्तर्गत आजबाटबाट कराँते विभिन्न १९ वटा ‘इभेन्ट’ शुरु हुँदैछन् । पहिलो ‘इभेन्ट’ का रूपमा पुरुषको एकल काता हुने भएको छ । शनिवार नै महिलाको एकल काता, पुरुषको समूह काता र महिलाको समूह काता हुनेछ । काताको सेमिफाइनल र फाइनल खेल दिउसो दुई बजेपछि राखिएको छ ।
असोज ३० गते बिहान आठ बजेदेखि खेलहरू हुने छन् । जसमा महिला ५५ केजी, पुरुष ७५ के।जी, महिला ६१ केजी, र पुरुष ८४ केजी भन्दा माथिको तौल समूह गरेर चार वटा खेल हुनेछन् । यी समूहको सेमिफाइनल र फाइनल खेल दिउसो एक बजेपछि शुरु हुनेछन् ।
असोज ३१ गते पुरुष ६० केजी, महिला ६८ केजी भन्दा माथि, पुरुष ६७ केजी र महिला ६८ केजी भन्दा तल र पुरुष ८४ केजी भन्दा तलको तौल समूहमा प्रतिस्पर्धा हुनेछन् । यी विधाको सेमिफाइनल र फाइनल खेलहरू सोही दिनको दिउसो एक बजेपछि खेलाउने तयारी छ ।
कात्तिक एक गते महिला ४५ केजी, पुरुष ५५ केजी, महिला ५० केजी र पुरुष ५० केजी तौल समूह गरेर चार वटा ‘इभेन्ट’ मा खेल हुनेछन् । यी समूहका खेलको सेमिफाइनल तथा फाइनल खेल पनि दिउसो एक बजेपछि हुनेछन् । कात्तिक दुई गते पुरुष टिम कुमुते (सामूहिक फाइट) र महिला कुमुते ‘इभेन्ट’ मा खेल हुनेछन् । टिम कुमुतेको सेमिफाइनल र फाइनल खेल सोही दिन दिउसो एक बजेबाट शुरु हुनेछन् ।