उत्तर कोरियाद्वारा लामो दूरीका क्षेप्यास्त्र परीक्षण


२९ आश्विन २०७९, शनिबार
missile

काठमाडौं । उत्तर कोरियाले लामो दूरीका दुईवटा क्षेप्यास्त्र परीक्षण गरेको छ । रणनीतिक आणविक हतियार सञ्चालनका लागि तैनाथ गरिएका लामो दूरीका क्षेप्यास्त्रको क्षमता बढाउने उद्देश्यले यो परीक्षण गरिएको कोरियाली केन्द्रीय समाचार समितिले जनाएको छ ।

उत्तरकोरियाली नेता किम जोङले परीक्षणको परिणामप्रति सन्तुष्टि जनाउँदै राष्ट्रिय सेनाको अथक प्रयास र आणविक क्षमता विकास गर्न उनीहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन् ।

अमेरिका, दक्षिणकोरिया र जापानले हालै गरेको संयुक्त सैन्य अभ्यासको प्रतिक्रियास्वरूप प्योङयाङले लामो दूरीका क्षेप्यास्त्र परीक्षण गरेको हो । देशको अज्ञात स्थलमा ती क्षेप्यास्त्र परीक्षण गरिएका हुन् । परीक्षणले कोरियाली प्रायद्वीपमा थप तनाव बढाएको छ ।

उत्तरकोरियाली नेता किमले विगत केही दिनदेखि देशको रणनीतिक आणविक सञ्चालन एवम् प्रशिक्षणको निर्देशन दिएका छन् । उत्तरकोरियाले जापान, दक्षिणकोरिया, संयुक्त राज्य अमेरिकालगायत देशले क्षेप्यास्त्र तथा अन्य आणविक हतियार विकास नगर्न गरेको अनुरोधलाई बेवास्ता गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७