आक्रमणको धम्कीपछि हल्याण्डकी राजकुमारी दरबार फिर्ता


२०७९ असोज २९ शनिबार ११:१८ बजे

काठमाडौं । अध्ययनको क्रममा एम्सटर्डमको एक भवनमा बसेकी हल्याण्डकी राजकुमारी क्याथरिना अमालिया असुरक्षित महसुस गरेपछि राज दरबार फर्किएकी छन् ।

स्वीडेनको राजकीय भ्रमणमा रहेका राजा विलेम–अलेक्जेन्डर र रानी म्याक्सिमाले द नेदरल्याण्डस्का सञ्चारमाध्यमलाई राजकुमारी दरबार फर्केको जानकारी दिएका छन् । ‘उनको यो निर्णयले उनको जीवनको लागि ठूलो महत्व राख्दछ, अब उनी एम्स्टर्डममा बस्दिनन् र वास्तवमा बाहिर जान सक्दिनन्,’ रानी म्याक्सिमाले छोरीको निर्णयको सराहना भनिन्, राजा विलेम–अलेक्जेन्डरले आफ्नी छोरीको अवस्थालाई ‘अति कठिन’ भनेका छन् ।

यसै वर्षको ग्रीष्मयाममा १८ वर्षीया राजकुमारी अध्ययन गर्न एम्स्टर्डमको एक आवासीय भवनमा सरेकी थिइन् । गत महिना डे टेलिग्राफ अखबारले राजकुमारीको सुरक्षाका निम्ति उल्लेखनीय रूपमा काम गरिएको समाचार प्रकाशन गरेको थियो ।

राजकुमारीमाथि संगठित आपराधिक गिरोहबाट आक्रमण वा अपरहणको जोखिम बढेको थियो । राजकुमारीमाथि आक्रमणको धम्कीपछि देशको सुरक्षा निकायले उनको सुरक्षा सुनिश्चित गर्न अहोरात्र कडा मेहनत गरिरहेको न्याय एवम् सुरक्षामन्त्री डिलन येसिलगोजले बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७