समानुपातिक निर्वाचनका लागि मतपत्र छपाइ सकियो, १८ जिल्लामा ढुवानी


२९ आश्विन २०७९, शनिबार
matpatra 1
फाइल फोटो

काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सकिएको छ ।

आयोगका अनुसार ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको हो । प्रतिनिधि सभातर्फको समानुपातिक प्रणालीका लागि २ करोड ४ लाख २१ हजार मतपत्र छापिएको छ ।

यस्तै सात वटै प्रदेशका लागि समानुपातिकतर्फको २ करोड १ लाख ८४ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आज शनिबारसम्म १७ लाख मतपत्र छपाइ भएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र ढुवानी भइरहेको छ । हालसम्म खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लामा उक्त मतपत्र ढुवानी भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७