स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनाको घोषणा–पत्र सार्वजनिक, यस्ता छन् प्रतिवद्धता (पूर्णपाठ)


२९ आश्विन २०७९, शनिबार
Ranju Darshana

काठमाडौं । काठमाडौं ५ मा स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । विवेकशील साझा पार्टीको राजनीतिबाट समेत अलग भएकी रञ्जुले शनिबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् ।

घोषणपत्रमा उनले निर्वाचन क्षेत्र केन्द्रित योजना र व्यक्तिगत प्रतिबद्धता समावेश गरेकी छन् । आफूले चुनाव जितेमा संसद्का हरेक बैठकमा उपस्थित हुने, संसदमा सशक्त रुपमा प्रस्तुत हुने, निर्वाचन क्षेत्रका समस्या संकलन गर्ने, साप्ताहिक भेला गर्नेलगायतका प्रतिबद्धता जनाएकी छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा खानेपानीको समस्या समाधान गर्ने, ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रको संरक्षण गर्ने, भूमिगत पानीको अध्ययन गर्नेलगायतका प्रतिबद्धता उनको घोषणापत्रमा उल्लेख छ । उनले सत्ता गठबन्धनको समर्थनमा कांग्रेसका प्रदी पौडेल र एमालेका तर्फबाट निवर्तमान सांसद ईश्वर पोखरेलसँग चुनावी प्रतिस्पर्धा गर्नेछिन् ।

Ranju darsana 1
ranj darsana 2
Ranju 3
Ranju 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७