६० देशको इको सुन्दरी प्रतियोगीतामा नेपालबाट मौनता


२७ चैत्र २०७४, मंगलवार
maunata

काठमाडौं,चैत २६ : अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०१८’मा नेपालको प्रतिनिधित्व मौनता लामाले गर्ने भएकी छन् । १० अप्रिल देखि ३० अप्रिलसम्म इजिप्टमा आयोजना हुने उक्त प्रतियोगीतामा सहभागीता जनाउन लामा सोमबार राती १२ बजे त्यस तर्फ जाने छिन् ।maunata
६० देशका इको सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीताका लागि नेपालबाट उनी एक्लो सहभागी हुन् । नेपालका लागि अधिकार प्राप्त संस्था ग्रीन आर्ट मिडियाले राजधानीमा एक कार्यक्रमको आयोजना सहित उनलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१८’को ताज लगाउदै प्रतियोगतिाका लागि चएन गरेको थियो ।
लामा नेपालको चौथो सहभागी हुन् । यस अगाडी प्रतियोगीता प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ र गतबर्ष रोनाली अमात्यले सहभागीता जनाएका थिए ।
कपन निवासी १८ बर्षीय लामाले नेपालाई अन्तराष्ट्रिय स्तरमा चिनाउन यो राम्रो प्लेटफर्म भएको बताइन् । उनले भनिन् ‘नेपालको कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतीक र प्रर्यटकिय स्थानको पहिचान सहितको डकुमेन्ट्री लिएर प्रतियोगीतामा आफु सहभागी हुन लागेको हो ।’

उनी प्रतियोगीतामा तल उल्लेखित थिमका ड्रेस सहित सहभागी लागेको ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए ।

१:इको ड्रेस
यसलाई सिम्रिक डिजाइन स्टुडियोकी प्रज्ञा चित्रकारले डिजाइन गरेकी हुन ।
यो ड्रेसको कन्सेप्ट डिजाइन “रिसाइकल र रियुज” अन्तर्गत गरिएको हो । पुरानो टी–सर्टलाई पुनरप्रयोग डाईको प्रयोग गरिएको छ । यसलाई हिमाल, पहाड र तराई क्षेत्र देखिने गरि राखिने छ ।
२:राष्ट्रिय पहिरन
यसलाई प्रज्ञा चित्रकारले नै डिजाइन गर्नेछिन । राष्ट्रिय पहिरन शिर्षकमा अन्तर्गत उनी आफूलाई बसुन्धाराको रुपमा प्रस्तुत गर्दै छिन् । बसुन्धारा पृथ्वीको देवीको रुप हो । यी देवीलाई पृथ्वलाई यसको प्राकृतिक स्वरुपमा श्रृङ्गार्ने सामर्थ भएको विश्वास गरिन्छ ।
यस अन्तर्गतको पहिरनमा पहेलो रङ्ग धेरै प्रयोग गरिनेछ । पहेलो प्रजननको रङ्ग हो । यो पुरा पहिरनमा पवित्र तत र पञ्चतत्व जनाउने चिजहरु राखिन्छ । यो पहिरन सँगै शिरमा तामासँगै क्रिस्टल, मुगा लागइनेछ । यी पत्थरलाई शुद्ध रुपमा पाइन्छ । यो ताजमा पनि धार्मिक चिन्हहरु राखिनेछ । यसमा पवित्र चिन्ह जनाउन अनन्त गाठो र ओम मणी पद्ये हुँ लेखिएको हुनेछ ।maunata 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७