एटलेटिकोका लागि ग्रिजमनले गरे १०० औं गोल

म्याड्रिड । एन्टोनी ग्रिजमनले आफ्नो क्लबका लागि गरेको १०० औं गोलको मद्दतले एटलेटिको म्याड्रिडले शनिबार स्पेनी ला लिगामा एथलेटिको बिलबाओमाथि १–० को जित हात पारेको छ ।
दोस्रो हाफको ४७ औं मिनेटमा ग्रिजमनले निर्णायक गोल गरे । बार्सिलोनाबाट एटलेटिको फर्केयता उनको यो पहिलो लिग गोल हो । यो जितपछि एटलेटिको नौ खेलबाट १९ अंकमा तेस्रो स्थानमा उक्लेको छ ।
रियल म्याड्रिड र बार्सिलोना समान २२ अंकमा शीर्ष दुई स्थानमा छन् । शनिबारकै अन्य खेलमा सेभियाले मार्कोकालाई १–० ले हरायो भने गिरोना र काडिज १–१ तथा भ्यालेन्सिया र एल्चेले २–२ को बराबरी खेलेका छन् ।