वातावरणमैत्री निर्माण सामग्रीको प्रयोगमा ‘इको प्यानल नेपाल’ को जोड


३० आश्विन २०७९, आईतवार
35 Shares
echo pannel nepal 1

कठमाडौं । प्राकृतिक विनास गरेर उत्पादित निर्माण सामाग्री भन्दा प्रकृतिको संरक्षण गरी बनेका निर्माण सामाग्रीको प्रयोगमा जोड दिइएको छ । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले पछिल्लो समय आधुनिक निर्माण सामग्रीको रूपमा विकास भएको इको प्यानलको प्रयोगमा जोड दिएका हुन् ।

भक्तपुरको ख्व्प कलेजमा वातावरण विज्ञान विषयका प्राध्यापक समेत रहेका इन्जिनियर दुवालले प्राकृतिक विनास हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । यही कारण प्रकृतिलाई जीवन्त बनाइराख्न सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उनको जोड थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
echo pannel nepal

भौतिक संरचनाको निर्माणमा प्रयोग हुने परम्परागत निर्माण सामाग्रीहरू जस्तै इँटा, बालुवा, झ्याल ढोकालगायतका निर्माण सामग्री प्रकृतिको दोहनबाटै बन्ने गरेको उनले बताए । माटोबाट इँटा, खानीबाट बालुवा अनि रुखविरुवा काटेर बनेका काठबाट झ्यालढोका बन्ने भएकाले वातावरण विनास नगरी बनेका निर्माण सामाग्रीहरूको उपभोग गर्नुपर्नेमा उनको जोड थियो ।

‘हिजोआज यी निर्माण सामाग्रीको विकल्पका रूपमा विभिन्न आधुनिक निर्माण सामग्री पनि बजारमा आइरहेका छन् । यीमध्ये इको प्यानल पनि एक हो’, नेपाल इको प्यानलका सिइओ समेत रहेको इन्जिनियर दुवाल भन्छन्, ‘जे भए पनि प्राकृतिक विनासलाई रोक्नमा सबैले सहयोग गरौं भन्ने लाग्छ । इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसन वालको रूपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो ।’

jagdamba.cement
rbbbb

इको प्यानल भूकम्प प्रतिरोधी मात्रै नभई वातावरणमैत्री पनि रहेकोले यसको प्रयोगबारे जनचेतना फैलाउनु पर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७