दीपकलाई १० हजार मिटर दौंडमा कीर्तिमानसहित स्वर्ण


३० आश्विन २०७९, आईतवार
Deepak

पोखरा । नवौं राष्ट्रिय खेलकुदमा नेपाली सेनाका धावक दीपक अधिकारीले १० हजार मिटर दौडमा कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।

उनले कीर्तिमानी गोपीचन्द्र पार्कीलाई पछाडि पारेका थिए । गोपीले ३० मिनेट ३८ दशमलव ३२ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हासिल गरे । यस इभेन्टमा गोपीकै नाममा ३० मिनेट ३० दशमलव ९९ सेकेन्डको कीर्तिमान थियो । यो राष्ट्रिय कीर्तिमान उनले सन् २०१४ को इन्चोन एसियाडमा बनाएका थिए ।

१० हजार मिटरमा आर्मीकै गजेन्द्र राईले तेस्रो स्थान हासिल गरे । उनले ३० मिनेट ३९.५० सेकेन्डको टाइमिङ लिएका थिए । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि दीपकले १० हजार मिटरमा काँस्य पदक जितेका थिए । जहाँ ३० मिनेट ५०.०६ सेकेन्डमा दौड पूरा गरेका थिए ।

आइतबारै ४०० सय मिटर हर्डल्सको स्वर्ण जयरानी चौधरीले जितेकी छन् । उनले १ मिनेट ०४.१४ सेकेन्डबाट स्वर्ण जितेकी हुन् । आर्मीकी धाविका जयरानीले आफ्नो प्रदर्शनमा सुधार गरेकी छन् । उनले असारमा ४४ औं राष्ट्रिय एथलेटिक्समा १ मिनेट ७.२ सेकेन्डमा दूरी पार गरेकी थिइन् । उनले आठौं राष्ट्रिय खेलकुदमा १०० मिटर हर्डल्समा रजत पदक जितेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७