निर्वाचन सुरक्षाका लागि लमजुङमा दुई हजार ४ सय सुरक्षाकर्मी


३० आश्विन २०७९, आईतवार
Myadi police
फाइल फोटो

लमजुङ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा दुई हजारभन्दा बढी सुरक्षाकर्मी खटिने भएका छन् । लमजुङमा दुई हजार तीन सय ७६ सुरक्षाकर्मी परिचालन गरिने लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

प्रजिअ वैद्यका अनुसार सबैभन्दा बढी म्यादी प्रहरी एक हजार ९७ जना खटिनेछन् भने नेपाल प्रहरी ६ सय १२ जना, नेपाली सेना चार सय ६०, सशस्त्र प्रहरी एक सय ९७ जना र राष्ट्रिय अनुसन्धानका १० जना खटिने छन् ।

लमजुङमा जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० मतदानस्थल छन् । कारागार र समन्वय समिति अस्थायीसहित एक सय ८८ वटा मतदान केन्द्र छन् । लमजुङमा जम्मा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेका छन् । जिल्लामा ६८ हजार दुई सय ८८ महिला मतदाता रहेका छन् भने ६५ हजार दुई सय ७१ पुरुष मतदाता रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७