जोशीको निधनबाट मुलुकले एक अभिभावक गुमायो : राष्ट्रपति


३० आश्विन २०७९, आईतवार
bidhyadevi bhandari

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा गुमाएको बताएकी छन् । आज (आइतबार) बिहान जोशीको निधन भएपछि राष्ट्रपति भण्डारीले मुलुकले एक अथक स्रष्टा एवम् अभिभावक गुमाएकाले पीडाबोध भएको बताएकी हुन् ।

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको हो । उनले जोशीको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत भएको उल्लेख गरेकी छन् । ‘वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ । उहाँको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत हो ।’ भण्डारीले भनेकी छन्, ‘अमर सत्यमोहनप्रति हार्दिक श्रद्धाञ्जली !’

जोशी बाबु शंकरराज जोशी र आमा राजकुमारीका सुपुत्रका रूपमा वि. सं. १९७७ साल वैशाखमा ललितपुरमा जन्मेका हुन् । नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षणमा लागेका उनलाई नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको थियो ।

उनले हाम्रो लोक संस्कृतिका लागि पहिलो पटक वि. सं. २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रो पटक वि. सं. २०१७ सालमा र कर्णाली लोक संस्कृति नामक ग्रन्थको लागि उनले संयुक्त रूपमा तेस्रोपटक वि. सं. २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए । जोशीले सुप्रबल गोर्खा दक्षिणबाहुलगायतका पुरस्कार र सम्मान समेत पाएका छन् । २०७१ सालमा त्रिमूर्ति निकेतनले उनलाई ‘शताब्दी पुरुष’ म्मान दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७