राजु गुरुङको रिट श्रेष्ठको इजलासमा


३० आश्विन २०७९, आईतवार
raju gurung

काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको छ ।

गुरुङको बैंकिङ कसुरमा कालो सूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएको थियो । त्यसपछि गुरुङ रिट लिएर सर्वोच्च अदालत आएका छन् ।

उक्त रिटमाथि गत शुक्रबार पनि पेशी तोकिएको थियो । तर, गुरुङ पक्षकै कानुन व्यवसायीहरुले सुनुवाइ स्थगित गर्न माग गरेपछि स्थगित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७