भक्तपुरमा ट्याक्सीले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु


३० आश्विन २०७९, आईतवार
accident

काठमाडौँ । भक्तपुरको बाहाखा बजारमा ट्याक्सीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार राति करिब साढे १० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटर साइकल चालक नुवाकोट घर भई काठमाडौं कपन बस्ने ३१ वर्षीय दिपेन्द्र पण्डितको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार मध्यपुरठिमी नगरपालिका–६ को भीमसेन चोकमा सानोठिमीबाट निकोसेरातर्फ आउँदै गरेको बा १ ज ९०६० नं. को ट्याक्सी र विपरीत दिशातर्फ गइरहेको बा ८३ प ५४४८ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाएका थिए ।

घाइते भएका पण्डितलाई कोरियन अस्पताल ठिमीमा प्रारम्भिक थप उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल माइतीघर पुर्‍याइएको थियो । उनको उपचारका क्रममा बिहान करिब ६ बजे मृत्यु भएको महानगरीय प्रहरी कार्यालय भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । ट्याक्सी चालक सुन्दर गोर्खालीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७