पूर्वमन्त्री किसान श्रेष्ठले निर्वाचनमा आफैलाई मतदान गर्न नपाउने


३० आश्विन २०७९, आईतवार
kishan shrestha

बारा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बार निर्वाचन क्षेत्र नं.४ बाट उम्मेदवारी दिएका पूर्वमन्त्री कृष्ण कमुार श्रेष्ठले आफूलाई मत दिन नपाउने भएका छन् ।

उनको मतदाता नामावली तनहुँको ब्यास नगरपालिका ४ दमौलीमा रहेकोले आफूलाई मतदान गर्न नपाउने भएका हुन् । प्रत्यक्षतर्फ मतदानका लागि सम्बन्धित मतदान केन्द्रमै पुग्नु पर्ने कानूनी व्यवस्था रहेकाले उनले बाराबाट मतदान गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ । पूर्वमन्त्री समेत रहेका श्रेष्ठको मतदान केन्द्र ब्यास नगरपालिका वडा नं. ४ दमौलीको मदरसा आधारभूत विद्यालय साँखरमा रहेकाले उनले प्रत्यक्षतर्फका उम्मेदवारलाई मत दिने हो भने तनहुँमै जानु पर्ने समेत आयोगले जनाएको छ

बारा निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवारी दिएका उनी यसपटक भने मतदान गर्न तनहुँ पुग्न नसक्ने देखिएको छ । नेता श्रेष्ठले आफू बारा आएर चुनाव लड्ने वा तनहुँमैं लड्ने भन्ने निधो नभइसकेकाले मतदाता नामावली सार्न नसकिएको र यस पटक आफू मतदानबाट बञ्चित हुनु परेको बताए । आफ्नों क्षेत्र छाडेर अन्यत्र चुनाव लड्ने नेता श्रेष्ठ एक्ला व्यक्ति भने होइनन् । श्रेष्ठ जस्तै देशभरका धेरै उम्मेदवारले आफूलाई नैं मत हाल्न नपाउने भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७