निर्वाचन आचारसंहिता विपरीत मन्त्री चौधरीद्धारा बाढीपीडितलाई चामल वितरण


२०७९ असोज ३० आइतबार ०७:५२ बजे

दाङ । सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्वाचन आचारसंहिता विपरीत बाढी पीढितलाई १३ लाख बराबरको खाद्यान्न वितरण गरेका छन् ।

निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्था पनि मन्त्री चौधरीले शनिबार देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सहयोग गरेका हुन् । बाढीले डुबानमा पुर्‍याएका देउखुरीका राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल उपलब्ध गराएका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७