जोशीको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा


३० आश्विन २०७९, आईतवार
deuwa nad prachanda 1200x560 1

काठमाडौं । संस्कृतविद तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न राजनीतिक दलका शीर्ष नेताहरु ललितपुर पुगेका छन् ।

ललितपुर महानगरपालिका परिसरमा राखिएको जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वामदेव गौतम पुगेका हुन् । किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जलीका लागि जोशीको पार्थिव शरीर केही बेर राखिएको थियो ।

त्यसलगतै ललितपुर महानगरपालिका परिसरमा राखिएको हो । जोशीको पार्थिव शरीर आज मध्याह्न १२ देखि अपराह्न ४ बजेसम्म महानगरको प्रांगणमा राखिने छ । जोशीको उपचारका क्रममा आज बिहान ७ बजेर ९ मिनेटमा ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा निधन भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७