हाइजम्पमा आर्मीकी खगीता र सूर्यलाई स्वर्ण


३० आश्विन २०७९, आईतवार
sinjali

पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको फिल्ड इभेन्ट हाइजम्प महिलातर्फ त्रिभुवन आर्मी क्लबकी खगीता सिंजालीमगरले स्वर्ण जितेकी छन् । पोखरा रंगशालामा आइतवार सम्पन्न फाइनलमा १ मिटर ५२ सेन्टिमिटर जम्प गर्दै खगीताले स्वर्ण जितेकी हुन् ।

१ मिटर ५० सेन्टिमिटर जम्प गरेकी आर्मीकै विन्दू थनेतले रजत जितिन् र गण्डकी प्रदेशकी सीमा श्रेष्ठले कास्य जितिन् । श्रेष्ठले १ मिटर ४१ सेन्टिमिटर जम्प गरिन् ।

त्यसै गरी एथलेटिक्स पुरुष हाइजम्पमा त्रिभुवन आर्मी क्लबका सूर्यबहादुर खत्रीले स्वर्ण पदक जितेका छन् । सूर्यले हाइजम्पमा १ दशमलव ९० मिटर उचाइ जम्प गर्दै स्वर्ण पदक जितेका हुन् । वाग्मती प्रदेशका निकेश महतोले १ दशमलव ७५ मिटर उचाइ जम्प गर्दै रजत पदक र नेपाल पुलिसका रोशन दनुवारले १ दशमलव ७५ मिटर उचाइ जम्प गर्दै कास्य पदक हात पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७