देशैभर प्याराग्लाइडिङ उडाउन प्रतिबन्ध


३० आश्विन २०७९, आईतवार
pyaragliding
फाइल फोटो

काठमाडौं । सरकारले देशभर प्याराग्लाइडिङ उडाउन अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको जानकारी दिंदै उनले अब उडान सुरक्षाबारे सुक्ष्म अध्ययन गरिने बताए ।

आज (आइतबार) मात्र पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरानमा प्याराग्लाइडिङ दुर्घटना भएको छ । सो क्रममा नेपाली सेनाका एक खेलाडीको मृत्यु भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङको क्रस कन्ट्री प्रतियोगितामा सहभागी एक प्रतियोगीको दुर्घटनामा निधन भएको हो ।

मृत्यु हुनेमा नेपाली सेनाको तर्फबाट प्रतियोगितामा सहभागी पोखरा १० हस्पिटल चोकका निसिम थापा रहेका छन् । २६ वर्षीय थापा प्याराग्लाइडिङका उत्कृष्ट खेलाडीमध्येका एक भएको पाइलट लक्ष्मण न्यौपानले जानकारी दिए । योसँगै प्राधिकरणले देशैभर प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय प्राधिकरणले गरेको हो । निरौलाका अनुसार अब उडानको सुरक्षा, ऐन नियम र प्रावधानहरुबारे समेत प्राधिकरणले अधययन गर्ने भएको छ । सोहीकारण तत्कालका लागि सबै उडान बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७