यो निर्वाचन गठबन्धनका लागि मौका हो : प्रधानमन्त्री


३० आश्विन २०७९, आईतवार
28 Shares
deuwa 1 scaled
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकल पार्टीको बहुमत नआउने भएरै गठबन्धन गर्नुपरेको बताएका छन् । काठमाडौंमा आयोजित उम्मेदवार परिचयात्मक कार्यक्रममा उनले गठबन्धन गरेर चुनाव लड्ने संस्कृतिको विकास समेत भएको बताए ।

उनले गठबन्धन गरेर अगाडि बढ्दा लोकतन्त्रको सुरक्षा र देश विकास गर्न पनि सहजता हुने बताए । त्यसैले यो निर्वाचन गठबन्धनका लागि मौका र चुनौती दुवै भएको उनको भनाइ छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘प्रजातन्त्र र लोकतन्त्रलाई स्थायित्व गर्न गठबन्धन बनेको हो । कुनै पनि पार्टीको बहुमत आउन सक्दैन । त्यही भएर पनि गठबन्धन बनाएका हौं,’ उनले भने, ‘मिलेर चुनाव लड्दा लोकतन्त्रको सुरक्षा गर्न पनि सकिन्छ । मिलेर देश विकास गर्न सकिन्छ । यो निर्वाचन गठबन्धनका लागि मौका र चुनौती दुवै छ । यसलाई हामी सामाना गर्नुपर्छ ।’

ncll 2

काठमाडौं क्षेत्र नं २ बाट गठबन्धनका उम्मेदवार बनेकी पूर्व सभामुख ओनसरी घर्तिमगरको तारिफ गर्दै देउवाले कुशलताका साथ संसद सञ्चालन गरेको बताए । उनले ओनसरीलाई साहसी महिलाको रुपमा ब्याख्या समेत गरे । ‘ओनसरीजी साहसी महिला हुनुहुन्छ । सभामुख हुँदा कुशलताका साथ कार्यकाल निभाउनु भयो । संसदलाई सञ्चालन गर्नुभयो। उहाँले पार्टीको आदेशभन्दा पनि राष्ट्रको हित हेर्नुभयो,’ उनले भने ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७