रुपन्देही–२ मा राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको आदेश


३० आश्विन २०७९, आईतवार
raju gurung

काठमाडौँ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेजी गर्ने निर्वाचन अधिकृत कार्यालयको निर्णय कार्यान्वयन नगर्न आइतबार अल्पकालीन अन्तरिम आदेश दिएको हो । निर्वाचन अधिकृतको कार्यालयले रुपन्देही २ ले उम्मेदवार गुरुङ संलग्न कम्पनी कालोसूचीमा रहेको भन्दै प्रतिनिधिसभा सदस्यको उम्मेदवारी खारेज गरिदिएको थियो ।

निर्वाचन आयोग र उम्मेदवार गुरुङलाई छलफलका लागि सर्वोच्चले बोलाएको छ । तत्कालका लागि गुरुङको उम्मेदवारी कायमै रहेको छ । रुपन्देही २ बाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि चुनावी मैदानमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७