टिभिएसको एक्सचेन्ज मेला असोज ३१ गतेदेखि सुरू


२०७९ असोज ३० आइतबार ११:०५ बजे

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ुटिभिएस ग्रेट ग्र्यान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेलाु आयोजना गर्ने भएको छ।

कम्पनीले असोज ३१ गतेदेखि ५ कात्तिक गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा मेला आयोजना गर्न लागेको जनाएको छ।

मेलामा ग्राहकहरूले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरू पाउने बताइएको छ।

यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरी टिभिएसको मोटरसाइकल र स्कुटर लिँदा बजार मूल्यांकनभन्दा ७ हजार बढी, साथै नकिन्दै १ लाख र किन्दा १० लाखसम्मको नगद छुट पाउने कम्पनीले जनाएको छ।

यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश रहेको कम्पनीको भनाइ छ।

जस अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र ४ हजार २७७ रुपैयाँको मासिक इएमआईमा बाइक तथा स्कुटर लिन सकिने बताइएको छ।

यस बाहेक ग्राहकहरूले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ। जगदम्बा मोटर्स नेपालमा टिभिएसका दुईपांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलर छन्।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७