बार्सिलोना रियल मड्रिडसँग ३–१ पराजित


३१ आश्विन २०७९, सोमबार
FfN5V KWAAEfmHn q1ewAS66J2 scaled

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलकै चर्चित खेल एल क्लासिको अर्थात बार्सिलोनासँगको खेलमा रियल मड्रिड विजयी भएको छ ।

गएराति भएको खेलमा रियलले बार्सिलोनालाई ३–१ गोल अन्तरले हराएको हो । रियल मड्रिडका लागि करिम बेन्जिमा, फेडेरिको भालभर्डी र रोर्डिगोले गोल गरे ।

बार्सिलोनाका फेरान टोरेसले सान्त्वना गोल गरे । जितसँगै रियल मड्रिड बार्सिलोनासँग तीन अङ्कको अग्रता बनाउँदै शीर्ष स्थानमा पुगेको छ । बार्सिलोना २२ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७