कार्यकर्तालाई शेखरले भने, ‘देउवा र म मिलिसक्यौं, झगडा नगरी चुनावमा लाग्नुस्’

‘तुष मैले त त्यागीसकें, तपाईंहरुले किन नत्याग्ने ?’


३१ आश्विन २०७९, सोमबार
77 Shares
Shekhar Koirala 1

मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र आफू अहिले एकै ठाउँमा उभिइसकेको बताएका छन् । नेता कोइरालाले मोरङको हरैंचामा चुनावी कार्यक्रममा बोल्ने क्रममा कार्यकर्तालाई विवाद नगर्न आग्रह गरेका छन् । ‘स्थानीय निर्वाचनमा के भयो, महाधिवेशनमा के भयो, त्यो तुषलाई तपाईंहरु सबैले त्याग्नुस्,’ कार्यकर्तासँग उनले भने, ‘तुष मैले त त्यागीसकें । तपाईंहरुले किन नत्याग्ने ?’

१४ औं महाधिवेशनमा सभापतिका लागि देउवा र आफू पक्षधर तलैबाट लड्दै केन्द्रसम्म प्रतिस्पर्धा गरेको उनले सुनाए । ‘जब शेरबहादुर देउवाजी र म नै मिलिसकेपछि वडामा तपाईंहरु किन झगडा गर्नुहुन्छ ?’ कार्यकर्तालाई उनले प्रश्न गरे, ‘किन झगडा गर्नु भएको छ, मैले बुझ्न सकेको छैन ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रतिस्पर्धा तलदेखि देउवासँग आफ्नो भएको र त्यो लडाइँ अब समाप्त भइसकेको उनले बताए । ‘शेरबहादुर देउवा र म एकै ठाउँमा उभिएका छौं । पटक–पटक शेरबहादुरजीसँग मैले भेटिरहेको छु,’ कोइरालाले थपे, ‘मेरा कुरा सुनिरहनु भएको छ । मेरो कुरा मानिरहनु भएको छ । तर, तपाईंहरु तल किन लडिरहनु भएको छ । मैले बुझिरहेको छैन । केको लागि लडिरहनु भएको छ ?’ दुई पक्षका कार्यकर्ता एकापसमा भिडेर केही पनि प्राप्त नहुने उनले सुझाए ।

ncll 2
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७